बाटो चौडाई गर्ने कार्यविरुद्ध राजधानीबासी सडकमा (फोटोफिचर)

काठमाडौं, श्रावण १९ ।
विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले राजधानीका विभिन्न स्थानमा २२ मिटर चौडाई कार्य अगाडि बढ्दै गर्दा राजधानीबासीहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
विकास प्राधिकरणले राजधानीका केही स्थानमा बाटोको चौडाई २२ मिटर बनाउने निहुँमा यहाँका पुर्खौली घरहरू भत्काएर भए पनि चौडाई बढाउन सक्रिए भएपछि आदिबासी जनता सडकमा उत्रेर आज काठमाडौंको माईतीघर मण्डलामा धर्ना र जुलुस प्रदर्शन गरेका छन् ।
उनीहरूले जबरजस्ती घर भत्काएको र सडक विस्तारका क्रममा क्षतिपूर्ति र मूआब्जा नपाएको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।
गैरन्यायिक सडक विस्तार बन्द गर्न, उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीको सम्पत्ति छानबिन गर्न र जग्गा दलालीहरूको कमिशन पाउनका लागि सरकारमा बसेका व्यक्तिहरूले नै जनताको सम्पत्तिमा आक्रमण गरेको बताए ।
साथै, उनीहरूले मानिसको जनजीवनमा सुधार ल्याउनुपर्ने भन्दै संरचनामा बढी केन्द्रित गरेको आरोप लगाउँदै यस समस्याका लागि स्थायी समाधान खोज्न निकै आवश्यक भएको बताएका छन् ।
हालै काठमाडौं छिरेका सरकारी व्यक्तिहरूले आफ्नो ठाउँ विकास गर्न नसक्ने यहाँ आएर विकासका नाममा जथाभावी आप्रवासीहरूको सुविधाका लागि हजारौँ वर्षदेखि नेपाललाई साँस्कृतिक सम्पदाले धनी बनाईरहेका आदिवासीहरूलाई आदिभूमिबाट विस्थापित गर्न खोजिएको आरोप उनीहरूले लगाएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभागले सर्वसाधारण जनताको सम्पत्ति अतिक्रमण गरेको उनीहरूले बताएका छन् । आन्दोलनमा काठमाडौं, भक्तपुर र ललितपुरका सडक पीडितहरूको सहभागी रहेको थियो ।
र, याे पनि
http://liveofnepal.net/archives/14997
प्रतिक्रिया