सञ्चारमन्त्रीद्वारा सदस्यलाई शपथ

काठमाडौं, श्रावण १९ ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणका सदस्यद्वय चुडामणि चौलागाईं र टेकनाथ आचार्यलाई सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
गत जेठ २ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा ८ बमोजिम उनीहरू प्राधिकरणमा ५ वर्षका लागि नियुक्त भएका थिए ।
मन्त्री बस्नेतले नवनियुक्त सदस्यद्वयलाई सफल कार्यकालको शुभकामना दिँदै दूरसञ्चार सेवा प्रवाहमा उल्लेख्य काम गरी देखाउन निर्देशन दिए ।
प्रतिक्रिया