संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै गराउने तयारीमा सरकार

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार ०६:११


काठमाडौं, श्रावण २० ।
गृहमन्त्री जनार्दन शर्माले जापानी अनुभवका आधारमा उद्दार कार्यमा स्थानीय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताएका छन् ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग गृह मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा गृहमन्त्री शर्माले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जापानका बौद्ध धर्मावलम्बीको आगमन झनै सहज हुने बताए । उनले आगामी मंसिर महिनाभित्रै संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारेका छन् ।

सोही अवसरमा राजदूत ओगावाले दोश्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गरेकामा गृहमन्त्री शर्मालाई बधाई दिँदै तेश्रो चरणको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....