डा. केसीको माग सम्बोधन गर्ने गरी प्रम देउवाले बोलाए सरोकारवाला प्रतिनिधी

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार ११:०२


काठमाडौं, श्रावण २० ।
स्वास्थ्य शिक्षा सुधारका विभिन्न माग राखेर ११ औं अनसनमा रहेका डा. गोबिन्द केसीको आज १२ औं दिन हो । डा. केसीको स्वास्थ्यस्थिति कमजोर हुँदै गइरहेको र उनका मागहरूबारे सरोकारवालाहरू उदासिन रहेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा यसबारे सक्रिय बनेका छन् ।

आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा हुने छलफल डा. केसीको माग सम्बोधनका लागि सरकारले गर्न सक्ने प्रयासमा केन्द्रीत हुने शिक्षा मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक शान्त बहादुर श्रेष्ठले जानकारी दिए । ‘हामीले एउटा तहसम्मको म्याडेन्ट लिएर वार्ता गरिरहेका थियौं तर निष्कर्षमा पुग्न सकिएको थिएन’ संयोजक श्रेष्ठले भने, ‘अब प्रधानमन्त्री आफैंले यसमा सक्रियता देखाउनु भएको छ, आशा छ समाधान निस्कने छ।’

प्रधानमन्त्री देउवाले बोलाएका छलफलमा शीर्षस्थ तीन दलका प्रतिनिधि सहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, दुबै मन्त्रालयका सचिव र दुबै पक्षका बार्ता टोलीका सदस्यहरूलाई बोलाइएको छ ।

त्यसैगरी माथेमा प्रतिवेदन निर्माण समितिका संयोजक केदारभक्त माथेमा, डा. भगवान कोईराला, व्यवस्थापिका संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक तथा समाज कल्याण समिति सभापति रन्जु कुमारी झालाई पनि छलफलमा बोलाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....