भरतपुरमा यसरी उल्टियो नतिजा, देवीलाई पछि पार्दै रेणुको अग्रता

भरतपुर, श्रावण २१ ।
भरतपुर महानगरको मेयर पदमा देवी ज्ञवालीलाई पछि पार्दै रेणु दाहालले अग्रता लिएकी छिन् । यहाँको वडा नम्बर २० को १६ सय मत गन्दा नतिजा उल्टिएको हो । अहिलेसम्म अग्रता लिइरहेका एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी–कांग्रेस उम्मेदवार रेणु दाहालभन्दा ५ मतले पछि परेका छन् ।
मतगणना हुन बाँकी निर्णायक अन्तिम वडा नम्बर २० ले यहाँको मयरको टुंगो लगाउनेछ । यहाँको मतगणना सुरु हुँदा २ सय २१ मतले पछि परेकी रेणु १६ सय हजार मत गन्दासम्म देवीलाई पछि पार्दै अग्रस्थानमा आएकी हुन् । अब वडा नम्बर २० मतगणना गर्न बाँकी अन्तिम वडा हो । यहाँ ३३०२ मत खसेको थियो । तीमध्ये १६ सय मत गणना गरिएको हो ।
यो नतिजाले गणनास्थल भरतपुरको कभर्ड हल बाहिर कांग्रेस-माअोवादी केन्द्रका कार्यकर्तामा उमंग छाएको छ भने एमाले कार्यकर्तालाई निरास परेको छ। चीर प्रतीक्षित भरतपुरको मेयर पद को होला भन्ने प्रश्नको लगभग जवाफ मिलेको छ। रेणुको जित करिव निश्चित भएको छ।
लगातार अग्रतामा रहेका ज्ञवालीको अग्रता अन्तिम वडाको आधा मत गन्दा तोडिएको छ।
प्रतिक्रिया