आज खण्डग्रास चन्द्रग्रहरण, कुन राशिलाई कस्तो प्रभाव

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार ११:५९


काठमाडौं, श्रावण २३ ।
आज राति नेपाललगायत एसिया, अफ्रिका, युरोप र अस्ट्रेलियाका मुलुकहरूबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । नेपालमा राति ११ः०७ बजेदेखि १ः०४ बजेसम्म ग्रहण देख्न सकिनेछ । नेपाली पञ्चाङ्गअनुसार जम्मा १ घण्टा ५७ मिनेट देखिने ग्रहणको मध्यकाल राति १२ः०६ बजे रहनेछ ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छायाँ चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन् । यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ । त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ ।

चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गर्छ । चन्द्रमाको पूरै भाग छायाँभित्र पसेको अवस्थामा खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र पसेको अवस्थामा खण्डग्रास चन्द्रग्रहण देखिन्छ । चन्द्रग्रहण लाग्ने परिस्थिति वर्षमा दुईपटक मात्र सिर्जना हुन्छ ।

चन्द्रग्रहणलाई खुला आँखाले पनि हेर्न सकिन्छ । तर सूर्यग्रहण खुला आँखाले हेर्न भने हानिकारक हुन्छ ।

तर ज्योतिषशास्त्रबमोजिम चन्द्रग्रहण पनि सबैले हेर्न मिल्दैन । आज मकर राशिअन्तर्गत श्रवण नक्षत्रमा चन्द्रग्रहण लाग्ने हुँदा मकर राशि र अझ श्रवण नक्षत्र हुनेहरूलाई ग्रहणको प्रतिकूल प्रभाव देखापर्न सक्छ ।

आजको ग्रहणले कुन कुन राशिलाई प्रभाव पार्छ :
मेष : कर्मसुख
वृष : मानहानि
मिथुन : कष्ट
कर्कट : दाम्पत्यमा समस्या
सिंह : सुख
कन्या : चिन्ता
तुला : व्यथा
वृश्चिक : श्रीप्राप्ति
धनु : क्षति
मकर : घात
कुम्भ : व्यय
मीन : लाभ

चन्द्रग्रहण लाग्नुभन्दा ९ घण्टा अघिदेखि ग्रहणको सूतक लाग्ने हुनाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन । यसर्थ दिनको २ः०७ बजेदेखि अशक्त बालक, वृद्ध र आतुरबाहेक अन्यलाई भोजन गर्न हानिकारक हुन्छ । ग्रहण लाग्ने समयमा शयन, खेलकुद, हास्यविनोद, शृंगार, मूर्तिस्पर्श आदि गर्न हुँदैन ।

शास्त्रवचनअनुसार ग्रहणको समयमा सुत्नाले आयु क्षीण हुन्छ, पिसाब गरे दरिद्र हुन्छ, दिसा गरे अर्को जन्ममा किराफट्यांग्रा हुन्छ, विषयवासनामा लिप्त रहे सुँगुरको जुनी प्राप्त हुन्छ, शृंगार गरे कुष्ठरोग लाग्छ, भोजन गरे दुर्गति हुन्छ, अरूलाई बन्धनमा राखे सर्पको जुनी प्राप्त हुन्छ, हिंसा गरे नरकको भागीदार बन्नुपर्छ ।

ग्रहणको समयमा स्नान, तर्पण, श्राद्ध, जप, होम, भजन, कीर्तन, अनुष्ठान, दान, मन्त्रसिद्धि, तन्त्रविद्या साधनाजस्ता धार्मिक तथा आध्यात्मिक कार्यहरू गर्नु अत्यन्त लाभदायक मानिन्छ । नेपाली पात्रो


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....