‘प्रदेश र संघीय संसदको निर्वाचनका लागि मिति तय गरिने’ : निर्वाचन आयोग

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार १८:२५


काठमाडौं, श्रावण २३ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आएपछि अब हुने प्रदेश र संघीय संसदको निर्वाचनका लागि मिति तय गरिने बताएका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगका लागि यही २७ सम्म प्रतिवेदन बनाउने समयसीमा दिइएको बताउँदै प्रधानमन्त्री देउवाले अबका निर्वाचनहरू समयमै गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा आयोगका प्रमुख अयोधीप्रसाद यादवले आफूहरूले सरकारलाई भदौ १ गते भित्रै नयाँ निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको बताए ।

प्रधानमन्त्री देउवासँगको छलफलमा आयोगका पदाधिकारीहरूले अबका दुई निर्वाचनहरू एकैपटक गर्ने भए छलफल हुनु पर्ने राय राखेका थिए ।

पहिला प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने भन्दै उनले एकैचोटि निर्वाचन गर्ने विषयमा छलफल गर्नुपर्ने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....