आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार १८:४०


काठमाडौं, श्रावण २५ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।

नेपाल आदिवासी जनजाति महासंघद्धारा आज २३ औं विश्व आदिवासी दिवस २०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आदिवासी जनजातिलाई संविधानमै अधिकार सुनिश्चित गरेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालका आदिवासी जनजातिलाई संविधानले विशेष हकअधिकार दिएको छ, त्यो हकको सदुपयोग गर्नु जरुरी छ ।’
नेपाल धेरै जातजातिको फूलबारी भएको उल्लेख गर्दै उनले सबै जातिहरू मिलेर बसेको हुँदा विश्वकै लागि नेपाल भेषभूषा, संस्कृति र भाषामा आकर्षणको केन्द्र भएको बताए ।

‘प्रत्येक जातिको अलग भाषा, संस्कृति, भेषभूषा छ, ती सबैको संरक्षण गर्नुपर्छ, त्यो नै आदिवासी जनजातिको पहिचान हो’ – प्रधानमन्त्री देउवाले भने ।

स्थानीय तहको निर्वाचनमा पनि महिला, जनजाति, दलित र पछाडि परेको क्षेत्रका लागि विशेष व्यवस्था गरेको भन्दै उनले सबै जातिको हक अधिकार सुनिश्चित गर्न पहल भइरहेको बताएका छन् ।

कार्यक्रममा बोल्ने आदिवासी जनजातिहरूले आफूहरूलाई अल्पसंख्यक वा अन्य जातिमा राखेको हुनाले संविधान संशोधन गर्नुपर्ने माग गरेका थिए ।

‘अधिकार प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नाराका साथ आदिवासी जनजाति दिवस मनाइएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....