बिमस्टेक १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरू

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार १०:५९


काठमाडौं, श्रावण २६ ।
क्षेत्रीय संगठन बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विदेश मन्त्रीहरू आज काठमाडौं आइपुग्ने छ ।

नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलनको बिहीबार दिउँसो सचिवस्तरीय बैठक हुने र साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तीन वर्ष अघि नेपाल बिमस्टेकको अध्यक्ष भएपछि पहिलो पटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा विभिन्न १४ वटा विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘अहिलेसम्म भएको प्रगतिको समीक्षा गर्ने र भावी दिशा तय गर्ने काम हुन्छ । दोस्रो, खुल्ला व्यापार क्षेत्र स्थापना गर्ने भन्ने कुरा छ । तेस्रो, बिमस्टेक क्षेत्रमा बिजुलीको ग्रीड कनेक्सन सम्बन्धी विषयमा छलफल हुने र त्यस विषयमा निर्णय गर्ने कुरा छ ।’

त्यस्तै, मन्त्रीस्तरीय बैठक शुक्रबार हुनेछ । बैठकले नेपालमा अब हुने भनिएको बिमस्टेक शिखर सम्मेलनको तिथि पनि तय गर्ने बताइएको छ ।
नेपाल अहिले बिमस्टेक र दक्षिण एसियाली देशहरूको क्षेत्रीय सहयोग संगठन सार्क दुवैको अध्यक्ष राष्ट्र हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायत ६ राष्ट्रहरू आज काठमाडौं आइपुग्ने छ । भारतीय विदेशमन्त्रीसँग प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणको विषयमा पनि दुईपक्षीय छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....