प्रधानमन्त्री दाहालसँग सामूहिक शिष्टाचार भेटवार्ता

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार ०६:३१


काठमाडौं, श्रावण २७ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेशमन्त्रीले बिहीबार साँझ सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँग श्रीलंकाबाहेक सदस्य मुलुकका बाह्य मामिला/विदेशमन्त्री र बिम्स्टेकका महासचिवले गर्नुभएको शिष्टाचार भेटवार्तामा बिमस्टेकलाई नयाँ उचाईमा पुर्‍याउने, पारस्परिक हित र चासोको साझा विषयमा सहकार्य गर्ने तथा बिमस्टेक मुलुकको समृद्धि एवं प्रगतिका निम्ति सात सदस्यीय उक्त उपक्षेत्रीय संगठनलाई अझ सशक्त बनाउनेबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले क्षेत्रीय सहयोग एवं सहकार्य प्रबद्र्धनमा बिमस्टेकको औचित्य र आवश्यकता अत्यन्त सामयिक रहेको, क्षेत्रीय सम्पर्क विस्तारजस्ता बिमस्टेकका आदर्श र लक्ष्य हासिल गर्न सामूहिक एवं घनिभूत प्रयासको अपरिहार्यतामा जोड दिनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।

बिमस्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका सदस्य देशका बाह्य मामिला/विदेशमन्त्रीले उक्त बैठकपछि सामूहिक शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरालगायत उपस्थिति रहेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....