स्वतन्त्र व्यापार सम्झौतामा छिट्टै हस्ताक्षर गर्ने निर्णयसहित बिमस्टेक बैठक सम्पन्न

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार १८:०८


काठमाडौं, श्रावण २७ ।
काठमाडौंमा बिहीबार सुरु भएको १५ औँ बिमस्टेक बैठक सम्पन्न भएको छ । बिमस्टेक सदस्य राष्ट्रबीच खुला व्यापार, ग्रिड इन्टरकनेक्सन, प्रविधि हस्तान्तरणजस्ता सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णयसहित बैठक सकिएको हो ।

बैठकमा बिमस्टेक सदस्यराष्ट्रहरू नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्र तथा देशमन्त्री एवं विदेश राज्यमन्त्रीहरूको सहभागिता रहेको थियो । बिहीबार साँझ राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको उद्घाटन गरेका थिए ।

त्यस्तै बैठकमा बिमस्टेक सदस्यराष्ट्रहरू बीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहन लगायतका सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने, आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्ने, गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी बिमस्टेकको कामलाई थप प्रभावकारी बनाउन बिमस्टेक उर्जा केन्द्र, बिमस्टेक वातावरण केन्द्र र बिमस्टेक संस्कृति केन्द्रलाई यथाशीघ्र स्थापना गर्ने, भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रबुद्ध समूह गठन गर्ने निर्णय पनि भएको छ ।

बैठकले बिमस्टेकका वर्तमान महासचिव सुमित नाकन्दालाको कार्यकाल समाप्त भएकोले बंगलादेशका सहिदुल इस्लामलाई बिमस्टेकको महासचिवको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....