तराई जिल्ला डुबानबाट बचाउन नेपाल सरकारको सिधा सम्पर्क, भारत पछि हट्यो

काठमाडौं, श्रावण २९ ।
अबिरल वर्षाका कारण नेपालको तराई जिल्ला डुबानका परेका छन् । मधेशका जनतालाई डुबान तथा बाढीपहिरो जस्ता प्रकोपबाट जनधनको क्षतिबाट बचाउन सरकारले भारतसँग सिधा सम्पर्क गरेका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्न भारत सरकारसँग पहल गरे ता पनि नेपाल सरकारको पहलपछि ढोका नखोल्ने अडानमा बसिरहेको भारत पछि हटेको छ ।
कोशीसहित सीमा क्षेत्रमा रहेका नदीका अधिकांश ढोका खोलेर बढ्दो पानीको बहावलाई कम गर्दै सम्भावित दुर्घटना टरेको छ ।
उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका लागि पहल गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो ।
प्रतिक्रिया