कृष्णजन्माष्टमीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार ०६:३१


काठमाडौं, श्रावण ३० ।
भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिनु भएको शुभकामना सन्देशमा उनले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्‍याएको बताएकी छन् ।

भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उनले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकौँ र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ भन्ने सबैमा शुभकामना व्यक्त गरेकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....