‘संविधान संशोधन प्रक्रियामा एमाले भाग लिए पनि विपक्षमा मतदान हुन्छ’ : सुवासचन्द्र नेम्वाङ

काठमाडौं, भाद्र १ ।
एमाले संसदस्य दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू संविधान संशोधनको प्रक्रियामा सहभागी हुने बताएको छ ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेम्वाङले संविधान संशोधनको प्रक्रियामा भाग लिए पनि मतदान भने विपक्षमा गर्ने बताएका छन् ।
‘एमाले संविधान संशोधनको प्रक्रियामा सहभागी हुन्छ’, उनले भने, ‘तर, हामीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने छौँ ।’
हिन्दी भाषालाई सम्पर्क भाषा, सीमाङ्कन हेरफेर, अंगीकृत नागरिकलाई अधिकार दिने विषयमा एमाले कहिल्यै सहमत नहुने एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए ।
संविधान संशोधनको विधेयकलाई संसदमा प्रवेश गर्न दिएर कुनै बेला संसद अवरोध गरेको एमालेले अहिले आएर संशोधनको प्रक्रियामा सहभागी हुने निर्णय गरेर सरकारलाई बाटो खोलिदिएको छ ।
प्रतिक्रिया