आजबाट प्रदेश नं.–२ मा निर्वाचन आचारसंहिता लागू हुने

प्रकाशित मिति: १ भाद्र २०७४, बिहीबार १२:१७


काठमाडौं, भाद्र १ ।

तेश्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत प्रदेश नम्बर २ मा हुने भाद्र १ अर्थात् आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगकाअनुसार आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइँने छैन ।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरू, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ । यस्तै, सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि यो आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था लगायत ११ व्यक्ति, संस्था र निकायलाई निर्वाचन आचारसंहिता लागू हुनेछ ।

निर्वाचनमा भाग लिने उम्मेदवारलाई भने भदौ २१ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता तर्जुमा गरेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....