नयाँ शक्ति पार्टी विभाजित, १७ जनाको नयाँ पार्टी घोषणा

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार १६:४१


काठमाडौं, भाद्र २ ।
नयाँ शक्ति पार्टी विभाजित भएको छ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरू देवेन्द्र पौडेलको संयोजकत्वमा १७ जनाले नयाँ पार्टी बनाउन राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका छन् ।

साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यद्यपि पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिले तय गर्ने भएको छ ।

नयाँ शक्तिमा भट्टराईले पूर्व माओवादीहरूलाई वेवास्ता गरेको आरोप पौडल पक्षधरहरूले लगाउँदै आएका थिए । उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी सहितका एजेण्डा माओवादीसँग मिल्ने भएकाले ध्रुविकरण गर्नुपर्ने धारणा राख्दै आएका थिए । नयाँ शक्तिको वैचारिक कार्यदिशाको अलमल र अस्पष्टता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नयाँ शक्तिसँग बिद्रोह गर्नेहरूमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....