बाढी प्रभावितलाई प्रतिदिन ७० रुपैयाँको दरले एकमुष्ट रकम उपलब्ध गराउने सरकारको घोषणा

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार १७:४६


काठमाडौं, भाद्र २ ।
सरकारले बाढी प्रभावितहरूलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने भएको छ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लाका स्थानीयहरूलाई प्रतिव्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागी एकमुष्ट नगद उपलब्ध गराउने जानकारी दिएका हुन् ।

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँ दिइने बताएका हुन् । उनका अनुसार यदि बस्ती नजिकै पसल छैन भने खाद्य संस्थानले पसल खोल्नेछ ।

पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागि सरकारले १ अर्ब निकाशा गरेको जानकारी दिदैं सो रकम प्रभावितहरूलाई प्रदान गर्ने बताए । उनले यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या नहुने बताउँदै प्रतिव्यक्ति रु. ७० को दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आँकलन गरेको बताए ।

बाढी प्रभावित परिवारलाई नगदै दिएमा उनिहरूले इच्छाअनुसारको खाद्यान्न किनेर उपभोग गर्न सक्ने उल्लेख गर्दै मन्त्रि शर्माले प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भए खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था पनि मिलाउने बताएका छन् भने अन्य बेपत्ताहरूको खोजी कार्य जारी रहेको भन्दै विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा व्यक्तिहरूलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गरे ।

बाढीका कारण ३० जिल्ला प्रभावित भएको र १३५ जनाको मृत्यु तथा ३५ जना अझै बेपत्ता भएका छतन् । रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....