फेडेररले प्रतिद्वन्द्वी नडाललाई हराउँदै मायामी ओपन टेनिसको उपाधि जिते

काठमाडौं, चैत्र २१ ।
स्विस टेनिस खेलाडी रोजर फेडेररले यस वर्षको मायामी ओपन टेनिसको उपाधि जितेका छन् ।
अमेरिकाको मायामीमा भएको फाइनल खेलमा स्पेनीस प्रतिद्वन्द्वी रफाईल नडाललाई हराउँदै फेडेररले सिजनको तेस्रो उपाधि जितेका हुन् । विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका नाडाललाई ६–३ र ६–४ को सेटमा हराए ।
फेडेररले गएको २०१७ जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए ।
मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले अब फ्रेन्च ओपनको लागि मात्रै टेसिन कोर्टमा फर्कने बताएका छन् ।
मायामी ओपनको फाइनल खेल विश्व टेसिनका दुई सर्वकालिन खेलाडी फेडेरर र नाडालबीचको ३७ औं भेट थियो ।
३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा पाका खेलाडी भएका छन् ।
प्रतिक्रिया