तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलवार २०:५६


काठमाडाैं, चैत २६ ।
गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ‌ ।

उनीहरूलाई आज मंगलबार काठमाडौंका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर अरुण गाउँपालिका-५ वतन घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भएका वर्ष ३० को जितबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवलगायतका अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....