दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ ।
दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका हुन् ।
सोधपुछ गरेपछि राकेशलाई मुद्दा चलाउने वा छाड्ने भन्ने बारे निर्णय गरिने प्रहरीले जनाएको छ । दुर्गा प्रसाईँ र नवराज सुवेदीका नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए ।
सोो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् । चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँ हाल फरार रहेका छन् भने प्रहरीले खोजी कार्यलाई तीब्रता दिएको छ ।
प्रतिक्रिया