इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनल खेल आज

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार ११:४७


काठमाडौं, चैत्र २१ ।
एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधिका लागि आज २३ वर्षमुनिका टिम श्रीलंका र पाकिस्तान खेल्दैछन् । नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।

आज हुने खेल प्रतियोगिताका उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स्यानको खेलका रूपमा पनि रहने छ ।

प्रतियोगितामा अहिलेसम्म श्रीलंकाका चरिथ असलंका सबैभन्दा धेरै रन बनाउने ब्याट्स्म्यानका रूपमा छन् । उनले तीन सय ३४ रन बनाएका छन् । १२ विकेट लिएका पाकिस्तानका ओसामा मिरले सबैभन्दा धेरै विकेट लिने खेलाडीका रूपमा छन् ।

धेरै रन बनाउने ब्याट्स्म्यानको सूचिको दोश्रो नम्बरमा पाकिस्तानका इमाम उल हक छन् । उनले दुई सय ३८ रन बनाएका छन् । त्यस्तै धेरै विकेट लिने बलरमा श्रीलंकाका ओमिला ओपुन्सु छन् । उनले ११ विकेट लिएका छन् ।

टेष्ट मान्यता नपाएका तर राम्रो प्रदर्शन गरिरहेका टिमलाई लक्षित गरी एसियाली क्रिकेट परिषद्ले आयोजना गरेको प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टिमसँग नेपाल, हङ्गकङ्ग, मलेसिया र अफगानस्तानका राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेका हुन् ।
प्रतियोगितामा नेपाल पाकिस्तान र बंगलादेशसँग पराजित भयो भने हङ्गकङ्गलाई हराउँदै समूहको तेश्रो स्थानमा रह्यो ।


प्रतिक्रिया


ताजा खबर

More