डरलाग्दो रोग क्यान्सरलाई जित्दै मैदानमा उत्रिए माइकल

काठमाडौं, चैत्र २२ ।
अहिलेसम्मकै डरलाग्दो रोगको रूपमा रहेको क्यान्सर जस्तो भयानक रोगसँग लड्न जो कोहीलाई पनि हम्मे हम्मे पर्छ । तर, आत्मविश्वास र हिम्मतले काम लिए जस्तोसुकै रोगसँग पनि लड्न सफल हुन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ इङ्गल्याण्डका ब्याट्सम्यान माइकल कारबेरी ।
हुनत, यसअघि भारतका अलराउण्डर युवराज सिंहले पनि क्यान्सर रोगलाई जितेर पुनः क्रिकेट मैदानमा नउत्रिएको होइन ।
इङ्गल्याण्डका ३६ वर्षीय कारबेरीले ६ टेष्ट र ६ एक दिवसीय खेलिसकेका उनलाई गत वर्ष क्यान्सरले रोग लागेको थियो । उनी पछिल्लो जुलाईदेखि मैदानमा देखिएका थिएनन् । तर, क्यान्सरलाई जितेर पहिलो श्रेणीको क्रिकेटमा फर्किएका कारबेरीले कार्डिफविरुद्ध एक सय २१ बलमा सतक बनाउँदै उत्कृष्ट पुनरागमनसमेत गरेका छन् ।
हयाम्सायरबाट खेलेका कारबेरीले १७ बाउण्ड्री हिर्काएका थिए । उनले क्यान्सर जस्तो ठूलो रोगलाई जितेर मैदानमा फर्किन सफल भएकोमा परिवार, क्लब, इस्टमित्र तथा शुभचिन्तकहरूलाई धन्यबादसमेत दिएका छन् ।
प्रतिक्रिया