युनिभर्सिटी टी–२० क्रिकेटमा त्रिवि र ग्लोबल विजयी

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार १६:१४


काठमाडौँ, चैत्र २२ ।
युनिभर्सिटी टि–२० क्रिकेट क्लबको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभागले नेपाल इन्जिनियरिङ कलेज ‘बी’ लाई नौ विकेटले तथा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ ‘ए’ लाई दश विकेटले पराजित गरेका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्वाटन खेलमा टस जितेर ब्याटिङ गर्दै इन्जिनियरिङ कलेज ‘बी’ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो । ६९ रनको लक्ष्य पाएको विभागले ७ दशमलव २ आभोरमा एक विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । विभागका लागि राकेश कर्णले ३५, अचल चौधरीले २२ र प्रदीप टण्डनले १० रन बनाए ।

यसअघि इन्जिनियरिङ कलेज ‘बी’ का प्रन्शु जोशीले १४ र दिपेश दासले ११ रन बनाएका थिए भने बलिङतर्फ विभागका प्रदीप टण्डनले चार, राकेश कर्णले तीन, सागर ढकालले दुई तथा रुपेश श्रीवास्तवले एक विकेट लिए ।

सोही मैदानमा भएको अर्को खेलमा इन्जिनियरिङ कलेज ‘ए’ ले १४ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ६१ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको ग्लोबलले ५ दशमलव ४ ओभरमा बिना विकेट ६५ रन बनायो । ग्लोबलका लागि दिपेश चन्दले अविजित ५२ रनको योगदान दिए । आशिष सिंहले अविजित दुई रन बनाए ।

इन्जिनियरिङ कलेज ‘ए’ का लागि सुरज श्रेष्ठ मात्र २२ रन बनाए । बलिङतर्फ ग्लोबलका विक्रम गुरुङ र कनक बज्राचार्यले समान तीन÷तीन विकेट लिए । यादव घलेले दुई तथा रोम खड्काले एक विकेट लिए ।


प्रतिक्रिया


ताजा खबर

More