ईपीएलमा चेल्सीद्वारा अग्रता कायमै (तालिकासहित)

काठमाडौं, चैत्र २४ ।
जारी रहेको इङ्गलिस प्रिमियर लिगअन्तर्गत लिग लिडर चेल्सीद्वारा आफ्नो अग्रतालाई कायम राख्न सफल भएको छ । गएराति भएको खेलमा म्यानचेष्टर सिटीलाई २–१ गोलले पराजित गर्दै चेल्सीले लिगमा आफ्नो अग्रतालाई ७ अंकले कायम राखेका हुन् ।
उसका लागि इडेन हजार्डले १० मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, सर्जियो अगुइरोले २६ मिनेटमा खेललाई बराबरीमा ल्याउँदै घरेलु टोलीको तनाब बढाएका थिए । चेल्सीलाई त्यतिबेला चिट्ठा पर्यो, जब फर्नाण्डिनोले डिबक्सभित्र पेड्रोलाई लडाएका थिए । ३५ औँ मिनेटमा चेल्सीले पाएको पेनाल्टीको अवसरलाई हजार्डले नै गोलमा परिणत गर्न सफल भएका थिए । दोश्रो हाफमा दुबै टीमको तर्फबाट कुनै गोल भने हुन सकेन ।
लिग जित्ने अभियानमा रहेको चेल्सी ३० खेलमा ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोश्रो स्थानमा रहेको चेल्सीभन्दा ७ अंक पछाडी रहेको छ । टोटेनह्यामको समान ३० खेलबाट ६५ अंक रहेको छ भने तेश्रो स्थानमा रहेको लिभरपुलको ३१ खेलबाट ६१ अंक रहेको छ ।
प्रतिक्रिया