विश्वकप २०२६ : संयुक्त आयोजनाका लागि फिफामा प्रस्ताव पेश

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलवार १७:२१


काठमाडौं, चैत्र २९ ।
सन् २०२६ को विश्वकप फुटबल तीन देश अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त रूपमा आयोजनाका लागि विश्व फुटबलको प्रशाकीय निकाय फिफामा प्रस्ताव पेश गर्ने घोषणा गरेका छन् ।

विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ । यस्तै प्रस्तावमा आयोजनाको जिम्मा पाएमा सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप हुनेछ ।

प्रस्तावअनुसार अमेरिकाले विश्वकपका ६० खेल तथा क्यानडा र मेक्सिकोले समान १० र १० खेल आयोजना गर्ने छन् । सन् २०२६ को विश्वकप आयोजनाको जिम्मा सम्बन्धी निर्णय सन् २०२० मा हुनेछ ।

सन् २०१८ र सन् २०२२ को विश्वकप कतारमा हुनेछ । अमेरिकाले यसअघि सन् १९९४ तथा मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो ।


प्रतिक्रिया


ताजा खबर

More