अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन १९ देशका प्रतिनिधि नेपालमा

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार १३:३७


काठमाडौं, चैत्र ३० ।
नेपालमा विकास, विस्तार र प्रबद्र्धन गर्ने मूल उद्देश्यले नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनको आयोजनामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिने आज राजधानीको एक पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराइएको छ ।

सोलुखुम्बुस्थित सुन्दर पत्ताले बजारमा आयोजना गरिने उक्त मार्शल सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सम्मेलनको गरिमा बढाउन युरोपका विभिन्न देश र भारतबाट मार्शल सेल्फ डिफेन्ससँग आबद्ध १९ मुलुकका प्रतिनिधिहरू नेपाल आइसकेका छन् ।

सेमिनारमा प्रमुख अतिथिको रूपमा मार्शल सेल्फ डिफेन्सका अन्तर्राष्ट्रिय ग्राण्ड मास्टर मिगुल अब्रेयु पनि नेपाल पुगिसकेका छन् । सेमिनारमा मुख्य आकर्षणसमेत रहेका ग्राण्ड मास्टर अब्रेयुद्वारा उक्त सेमिनारको उद्घाटन गर्ने छ भने अब्रेयुको विशेष प्रस्तुतिसमेत रहने छ ।

दुई दिनसम्म चल्ने सेमिनारमा विभिन्न देशका प्रतिनिधिसहित एक सय ८० जनाको सहभागिता रहनेछ । एशोसिएशनले पोर्चुगलमा रहेको मार्शल आर्ट सेल्फ डिफेन्स सम्बद्ध रहेर नेपालमा यस खेलको विकास र विस्तारमा कार्य गर्दै आएको छ । नेपालमा मार्शल आर्ट सेल्फ डिफेन्स खेलको आवश्यकतालाई मध्यनजर गर्दै सन् २०१६ नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनको स्थापना भएको हो । सो खेल बालबालिकादेखि सबै उमेर समूह पेशा व्यावसायीका लागि उपर्युक्त मानिन्छ । मार्शल आर्ट सेल्फ डिफेन्सले आत्मसुरक्षा कसरी गर्ने भन्ने विध्भिन्न विधिको अवलम्बन गर्दछ ।


प्रतिक्रिया


ताजा खबर

More