रियल म्याड्रिडले मोनाकोका स्ट्राईकर किन्न ठूलो रकम खर्च गरिँदै

काठमाडौं, बैशाख २ ।
स्पेनिस जायन्ट रियल म्याड्रिडले मोनाकोका स्टार स्ट्राईकर बाप्पेलाई भित्र्याउने तयारी गरेसँगै त्यसका लागि ठूलै रकम खर्च गर्ने तयारीमा जुटेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।
उनलाई आफ्नो क्लबमा ल्याउन युरोपका अन्य प्रतिष्ठित क्बलहरू पनि उत्तिकै लालायित भएका छन् । बाप्पे बाल्यकालदेखि नै म्याड्रिडका समर्थक भएका कारण उनले अन्य क्लबहरू भन्दा पनि म्याड्रिडलाई नै बढी प्राथमिकता दिन सक्ने सम्भावना रहेको छ ।
फ्रान्सको राष्ट्रिय टोलीबाट दुई खेल खेलिसकेका बाप्पेले सन् २०१५ यता मोनाकोबाट ३३ खेल खेल्दै १३ गोलसमेत गरिसकेका छन् । उनको प्रतिभाकै कारण युवा स्ट्राईकर बाप्पेलाई म्याड्रिडलगायतका ठूला क्लबले विश्व कीर्तिमानी रकम खर्चिनका लागि तयार भएका छन् ।
प्रतिक्रिया