नयाँ वर्षको उपलक्ष्यमा भलिबल प्रतियोगिता

उदयपुर, बैशाख २ ।
पशुपंक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षको उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
रौता स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएको छ । बुधबार सम्पन्न हुने भलिबल खेलमा प्रथम हुने टोलीलाई रु. २० हजार र द्वितीय हुने टोलीलाई रु. १० हजार पुरस्कार व्यवस्थापन गरिएको रौता स्पोर्टस् क्लब तथा खेल आयोजक समितिका सचिव टेकराज रिखामले जानकारी दिएका छन् ।
प्रतिक्रिया