स्की फ्री स्टाइलमा सहभागी हुन मनीकला फिनल्याण्डबाट स्वीडेन जाँदै

प्रकाशित मिति: ३ बैशाख २०७४, आईतवार १०:२९


काठमाडौं, बैशाख ३ ।
फिनल्याण्डमा भएको स्की श्रृंखलामा व्यस्त नेपालकी मनीकला राईले ३ दशमलव ५ किलोमिटर क्रसकन्ट्रीमा १३ मिनेट १० सेकेण्डमा दूरी तय गरेकी छन् ।

एक दिन अघि ५ किलोमिटर रेस पूरा गरे लगत्तै उनी अब स्वीडेनमा हुने ५ किलोमिटर स्की फ्री स्टाइलमा सहभागी हुने छिन् । रेसमा विश्वस्तरीय विन्टर ओलम्पिकको तयारीमा रहेका खेलाडी सहभागी थिए । फिनल्याण्डकी भिमा निसीनेन, जोना केल्जीया र हेना राउटीनेन शीर्ष तीन स्थानमा रहे ।


प्रतिक्रिया


ताजा खबर

More