म्यान्चेस्टर युनाईटेडद्वारा चेल्सी २ विरुद्ध शून्यले पराजित

काठमाडौं, बैशाख ४ ।
जारी रहेको इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई २ विरुद्ध शून्य गोलले पराजित गरेको छ ।
गएराति युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई पराजित गर्दै मार्कस रास्फोर्ड र एण्डर हरेराले एक एक गोल गर्दै हिरो साबित भएका छन् ।
लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुलले वेष्ट ब्रोमलाई १ विरुद्ध शून्य गोलले पराजित गरेको छ । खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मीनोले एक मात्र निर्णायक गोल गरेका थिए ।
रातिका खेलहरूपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ ।
समान खेलबाट ७१ अंक जोडेको टोटनह्याम हट्सपर दोश्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६६ अंकसहित तेश्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया