नेपाल–भारत संयुक्त र्‍याफ्टिङ अभियान २०१७ भोलिदेखि सुरु

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार १६:३४


काठमाडौं, बैशाख ४ ।
नेपाली सेनाले भोलि बैशाख ५ गतेदेखि ११ गतेसम्म माथिल्लो सेती र त्रिशूलि नदिमा पहिलो पटक नेपाल–भारत संयुक्त सेतो पानी र्‍याफ्टिङ अभियान २०१७ (Nepal-India Joint White Water Rafting Expedition 2017) आयोजना गर्न लागेको छ ।

सात दिनसम्म सुरु हुने उक्त अभियानमा नेपाली सेना र भारतीय सेनाको तर्फबाट १०/१० जनाको सहभागिता रहने जनाएको छ । सो अभियानमा भाग लिन भारतीय सेनाको १० जनाको टिम हिजो आइतबार नेपाल पुगिसकेको हो ।

यस भन्दा अघि सन् २०१४ मा भारतमा सञ्चालन भएको रुद्रप्रयाग—ऋषिकेश र्‍याफ्टिङ अभियान २०१४ (Rafting Expedition 2014) मा भारतीय सेनाको आयोजनामा नेपाली सेनाको तर्फबाट २० जना सहभागि भएका थिए ।


प्रतिक्रिया


ताजा खबर

More