रातो मच्छिन्द्रनाथको भोलि महास्नान, रथ जात्रा भने अनिश्चित

ललितपुर, चैत्र २६ ।
नेपालको सबैभन्दा लामो जात्राको रूपमा परिचित रहेको वर्षा, अन्न र सहकालको देउता रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बैशाख कृष्णपक्ष प्रतिपदाका दिन भोलि बिहीबार लगलखेलमा महास्नान गर्ने भएको छ ।
महास्नानका लागि सम्बन्धित व्यक्तिहरू बुङ्गमतिबाटै आउनु पर्ने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुले जानकारी दिएका छन् ।
महास्नानलगत्तै रथ निर्माण गर्ने कार्य हुनुपर्नेमा यसपटक भने लकडाउन जारी रहेका कारण हाललाई स्थगित गरिएको छ । भुजुकाअनुसार लकडाउन सकिएलगत्तै पुनः बैठक बसेर मात्र रथ निर्माण गर्ने काम सुरु हुने भएको छ । यदि लकडाउनको समय पुनः थप गरिएको खण्डमा रथ निर्माण र रथ जात्रा के गर्ने सो बारे बैठक बसेर मात्र केहीँ निर्णय हुने उनले बताएका छन् ।
प्रतिक्रिया