राष्ट्रपति भण्डारीद्वारा ईद उल फित्रकाे अवसरमा शुभकामना व्यक्त

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार ०८:३८


काठमाडाैं, जेठ १३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ईद उल फित्रकाे अवसरमा शुभकामना दिएकी छन् । उनले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई यस पर्वले थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छन् ।

इस्लाम धर्मावलम्बीहरूले मनाउँदै आएको महान् पर्वका अवसरमा उनले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धि नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गरेकी छन् ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने कुरामा आफू विश्वस्त रहेकाे उनले विश्वास गरेकी छन् ।


प्रतिक्रिया


ताजा खबर

More