रातो मच्छिन्द्रनाथको रथारोहण असार २४ गते गर्ने उत्तम साइत

प्रकाशित मिति: २१ असार २०७७, आईतवार १८:१४


ललितपुर, असार २१ ।
वर्षा र सहकालका देवता भनेर चिनिने रातो मच्छिन्द्रनाथको रथारोहण यहीँ असार २४ गते गर्ने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउन लागिएको हो ।

सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पाञेजु हेमबज्र बज्राचार्यले बताए । उनले भने, ‘हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चार–चार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीति नियमका साथ पुल्चोकमा निर्माणाधीन अवस्थामा रहेको रथमा विराजमान गराइन्छ ।’ सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिए ।

जात्रा अघि बढाउन ललितपुरका विभिन्न संघसंस्थामा आबद्ध व्यक्ति, धार्मिक संघसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर भोटो जात्रा देखाउने चलन रहँदै आएकोमा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लागिसकेको छैन ।

हरेक वर्ष बैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने यहीँ असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रापछि भोटो जात्रा हुन्छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरबासीले नदिएपछि रिसले उनले पशुपति मृगस्थलीमा नवनागलाई आफ्नो आसन बताए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहका हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव मल्ल, काठमाडौंका राजा बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्त मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।


प्रतिक्रिया


ताजा खबर

More