वागमतीसहित चार प्रदेशमा भारी वर्षाको आँकलन

काठमाडाैं, श्रावण २२ ।
कोशी, मधेश, वागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाखाशाकाअनुसार आज मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि अनुमान गरिएको छ ।
राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । वागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।
वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया