अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार ०९:३८


काठमाडाैं, श्रावण २२ ।
अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

आज मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ ।

कम भिजिबिलिटी भिएफआर अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....