करिब दुई कराेड ठगी अभियाेगमा मेनपावर सञ्चालक इमाडाेलबाट पक्राउ

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार १०:५१


काठमाडाैं, श्रावण २३ ।
विदेश पठाउने भनेर करिब दुई करोड रुपैयाँ ठगी गरेको अभियाेगमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धरास्थित ओम इन्टरनेशनल (प्रा.) लि.का सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो । सिराहाको करजन्हा नगरपालिका-६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताएका छन् ।

ठाकुरले रविन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरनेशनल (प्रा.) लि. चलाइरहेका थिए । उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुबेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए ।

विदेश पठाउने भन्दै ठाकुरले ८५ युवाबाट रकम लिएको पाइएको छ । सबै गरेर एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको एसपी आचार्यले बताए ।

युवाबाट रकम लिएपछि पनि युवालाई विदेश पठाएका थिएनन् । पैसा उठाएपछि सम्पर्कविहीन भएका थिए । त्यसपछि युवाले प्रहरीमा उजुरी दिएका थिए ।

श्रावण २१ मा पक्राउ परेका ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले आज बुधबार वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....