हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूकाे पहिचान खुल्याे, नामावलीसहित

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार १५:५०


काठमाडाैं, श्रावण २३ ।
नुवाकोटमा आज बुधबार दिउँसो हेलिकाेप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ । दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ ।

मृतक चार जना चीनियाँ नागरिक हुन् भने हेलिकाेप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकाेप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकाेप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि १ बजेर १४ मिनेटमा उडेको थियो ।

क्याप्टेन अरुण मल्ल

यात्रुहरू
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु –महिला)
जेमिङ सी (पुरुष) रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....