खाेलाले स्कूल बस बगाउँदा ११ जना विद्यार्थी घाइते, एककाे अवस्था गम्भीर

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार १७:४८


काठमाडाैं, श्रावण २३ ।
वीरेन्द्रनगरको इत्राम खोलाले स्कूल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइते मध्ये पाँच बालिका र छ बालक रहेका छन् । ती मध्ये पाँच कक्षामा अध्ययनरत रेनिषा भुसेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....