घुस रकमसहित नियन्त्रणमा लिएका नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं, श्रावण २३ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी व्यावसायी रामबाबु भुजेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि जग्गा हाल साबिक गरिदिने भनी ४ लाख रुपैयाँ घुस लिएको आरोप लागेकाे छ ।
यादव र भुजेललाई अख्तियारले ४ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएकाे छ ।
प्रतिक्रिया