हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाहरूकाे शव काठमाडाैं ल्याइयाे

काठमाडाैं, श्रावण २३ ।
एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौंमा ल्याइएको छ ।
आज बुधबार दिउँसो पाैने २ बजेकाे समयमा भक्तपुरको नलिञ्चाेकबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडान भरेको हेलिकाेप्टर दिउँसो २ बजेर १४ मिनेटकाे समयमा नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकाेप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार जना चीनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चीनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् ।
प्रतिक्रिया