जीप सडकबाट करिब ५० मिटर तल खसेर चालकसहित पाँच जना घाइते

काठमाडाैं, श्रावण २४ ।
धादिङमा आज बिहीबार दिउँसो जीप दुर्घटनामा परेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं.-४ भद्रेचौर भन्ने स्थानमा आज दिउँसो करिब ३ बजे उक्त जीप दुर्घटनामा परेको हो ।
जीप सडकबाट करिब ५० मिटर तल खसेकाे थियाे ।
धादिङबेसीबाट गंगाजमुना गाउँपालिकाको फूलखर्कतर्फ जाँदै गरेको प्रदेश-२-०३-००१ ज ०००७ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित पाँच जना सामान्य घाइते भएको बताइएको छ ।
प्रतिक्रिया