मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णयहरू सार्वजनिक

प्रकाशित मिति: २४ श्रावण २०८१, बिहीबार १६:३४


काठमाडाैं, श्रावण २४ ।
संघीय मन्त्रिपरिषद् बैठकका दुई वटा निर्णय आज बिहीबार सार्वजनिक गरिएको छ । यही श्रावण २२ र २३ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले श्रावण २२ गतेको बैठकको १३ वटा र २३ गतेको बैठकको एउटासहित १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकका निर्णयमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानून, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंकको २० मिलियन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधीकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्षको जिम्मेवारी पनि सरकारले दिएको छ ।

नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा, चार जना महासेनानीलाई सहायक रथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा र एक आक्टिङ महासेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....