दुई वटा प्रदेशमा भाेलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडाैं, श्रावण २४ ।
सरकारले भोलि शुक्रबार दुई वटा प्रदेशमा सार्वजनिक बिदा दिने भएकाे छ ।
कोशी र कर्णाली प्रदेशले भोलि फरक-फरक सन्दर्भमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
कोशी प्रदेश सरकारले ३० औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रूपमा मनाउन भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।
कर्णाली प्रदेश सरकारले भने भोलि नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै नागपञ्चमीका दिन सार्वजनिक बिदा दिने जनाएको हाे ।
प्रतिक्रिया