सुन्दरीजल घुम्न गएका पेप्सीकाेला बस्ने २८ वर्षीय पुरुष मृत अवस्थामा फेला

काठमाडाैं, श्रावण २५ ।
काठमाडाैंको गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घट्टेखोलानजिकै एक युवकको शव फेला परेको छ । काठमाडौं महानगरपालिका-३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल आज शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
सुन्दरीजल घुम्न गएको अवस्थामा बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्व समेतबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
साे घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया