आदिवासी दिवसको सबैमा हार्दिक शुभकामना !

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार १५:१३


– प्रशान्त महासागर 

आदिवासी को हुन् ?
आदिवासी र जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को परिच्छेद १, दफा २ अनुसार ‘आदिवासी र जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीति-रिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ भनिएको छ ।

 

आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ । पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरू बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरूले विजयी गर्दाको समयमा या समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । दोश्राे अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरू बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिबेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । तेश्राे अवस्था भनेको वर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ आएपछि त्यसले नेपालमा पहिलो पटक आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरू आदिवासी जनजातिका रूपमा रहेका छन् ।

नेपालका प्रमुख ६ बटा आदिवासी जनजातिको जनसंख्या :

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन ०५८ को अनुसूचीमा सूचीकृत ६० आदिवासी जनजाति समदायको जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार  १,०१,६८,८४४ (एक करोड एक लाख अठ्सठ्ठी हजार आठ सय चवालीस) छ । यो जनसंख्या कूल जसंख्याको ३४ दशमलव ८७ प्रतिशत हो ।

जनगणना २०७८ अनुसार आदिवासी जनजातिको जनसंख्या प्रमुख ६ जनजातिमध्ये पहिलो गुरुङ्गहरूको संख्या ५ लाख ४३ हजार ७ सय ९० रहेको छ । दोश्राे राईहरूको जनसंख्या ६ लाख ४० हजार ६ सय ७४ छ । तेश्राे प्रमुख जनजाति मगरको कूल जनसंख्या २० लाख १३ हजार ४ सय ९८ देखिएको छ । त्यस्तै थारुहरूको जनसंख्या  १८ लाख ७ हजार १ सय २४ छ भने नेवार समुदायको जनसंख्या करिब १३ लाख ४१ हजार ३ सय ६३ रहेको छ ।

सबैमा आदिवासी दिवस शुभकामना । नमन ।

प्राप्त श्रोतले बाँकी अरू पनि छन् भनिएका छन् । नेपाल पूर्ण आदिवासीयुक्त भूमि होइन, आशंका व्यक्त गर्ने वातावरण प्राप्त सूचनाले जनाउने कोशिस गरिएको छ जबकी नेपाल आफैँमा आदिमकालदेखि उत्पन्न भूमि हो । यसको पहिचान, संस्कार परापूर्वकालदेखि चली आएको छ । तर मान्यताले मानी आएका सन्तान भनिएकाहरू पराधिन हुने होडले आदिवासी जोखिममा पर्न गएका हुन् । गुरुङ्ग भूमिमा गुरुङ्गको कमी हुनु एवं पहिचानमा आबद्ध योगदान त्याग हुनु दोष कुरा हुन् । आदिवासी हुन नसक्नु हो । जब जीवनले आदिवासी हुन्न भन्न थालिए पछि दिवस हामीले आदिवासी हौँ भन्नुको औचित्य हुन्न । एउटा उदाहरणको लागि काठमाडाैंमा विशेष गरी बस्ने आदिवासी भनिएको वा भनिएका सन्तान नेवार नै हुन् । नुन पुगोस् वा नपुगोस् उसले भोजन नेवारी आदिमकालकै हुन्छन् । पिज्जा बर्गर फेसनभन्दा अन्य अरू बनाउनु हुन्न । तर यहाँको संस्कृति ती पनि भोजनको रूपमा अनुशरण हुन थालेका छन् । त्यस्तै अर्को पानी सभ्यता पनि आदिवासी सभ्यता हुन् जुन हाल दुषित बनेको छ भने ब्रम्हनाल खोलाबाट टाढिएको अवस्था छ । खोलाहरू साँघुरो र पाइपको मद्दतले छोप्ने योजना व्यापक बनाएका छन् । राजकुलोलाई बाटोको रूपमा परिणत गर्ने सबै नगरको विशेष योजना बन्न थालेका छन् । पोखरी पुर्दै आवश्यक बेगरका संरचना निर्माणमा सरकार राज्य लागेका छन् । र काठमाडौं विशेष गरी अझै पनि भाषा भए जाति हुन्छ (भाषा म्वाःसा जाति म्वाइ) बाहेक अरू जगेर्नाको कुरा कोही आदिवासी जनजातिले गरेका छैनन् । भूमिपुत्र भन्नेहरू भूमि बेच्दै बाँचेका छन् । प्रकृति पुजकहरू पर्यावरण मास्दै सम्पदा खोजमा रमेका छन् । धर्म भनिएका कुराहरू फेरिएका छन् । परम्परा र संस्कार तोडिएका छन् । मूल्य र मान्यता दासत्वमा रूपान्तरित भएको अवस्था छ । बाँच्न वा सुबिधा भोग-चलन गर्न मातृत्व त्यागेका छन् । यस्तो परिस्थितिमा हामीले मनाउँदै गरेको आदिवासी दिवसको औचित्य के ? भाषण वा नारामा मात्र शब्दले अधिकार खोज्ने र व्यावहार बिर्सी जाने हो भने हामी हाम्रै लागि भार हुनु बाहेक नौलो अरू अन्य हुने छैन ।

अन्तमा, पुन: आदिवासी दिवसको शुभकामना दिँदै प्रलोभनयुक्त कुरा त्यागेर न्यूनतम आधारमा भए तापनि व्यावहार खोजेर हामीले हाम्रो कुरा अरूलाई सुनाऔँ । देश आदिम भूमि बनाऔँ । वातावरण र पर्यावरण यथास्थिति कायम गरी आदिवासी जनजातिको यथार्थ मानचित्रण गरी व्यावहारिक कुराहरूबाट योजनाबाट आदिवासी दिवस मनाऔँ । साथसाथै हाम्रो पहिचान बाजा नेतागणको स्वागतको लागि होइन भन्दै लाखे नाच पैसामा बिक्ने परम्परा बनाउनु हुन्न भन्न चाहेँ । मौलिकता त्याग गरी हामी कोही पनि आदिवासी हुन सक्दैनौँ । मातृत्व मोहमै जीवन जिउन पनि आग्रह गर्न चाहेँ । (दाता : गुगल)


प्रतिक्रिया

ताजा खबर

More