काठमाडाैंकाे सुन्दरीजलस्थित ऊन उद्याेगमा आगलागी

काठमाडाैं, श्रावण २५ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल भूमिस्थलीस्थित मनकामना ऊन उद्योगमा आगलागी भएको छ ।
स्थानीय बुद्धिबहादुर कार्कीले सञ्चालन गर्दै आएकाे मनकामना उल क्रेडिङ (प्रा.) लि.मा आज शुक्रबार अपरान्ह ४ बजेर २८ मिनेट जाँदा आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
कारखानमा लागेको आगो निभाउन नेपाल प्रहरीको ५० जनाको टोली र नेपाली सेनाको २५ जनाको टोली खटिएको छ ।
दमकल र पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया