भक्तपुरमा अस्कफाेर्ड स्कूलकाे बसले ठक्कर दिँदा साेही स्कूलमै पढ्ने ६ वर्षीया विद्यार्थीकाे मृत्यु

काठमाडाैं, श्रावण २५ ।
भक्तपुरमा स्कूल बसले ठक्कर दिँदा एक विद्यार्थीकाे मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा वागमती प्रदेश-२ क ९९११ नम्बरको अक्सफोर्ड स्कूलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताएका छन् ।
६ वर्षीया रियान्सी सोही स्कूलमा अध्ययनरत विद्यार्थी थिइन् । बसबाट ओर्लिएर बाटो क्रस गर्न लाग्दा त्यही बसको ठक्करले गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई डा. ईवामुरा मेमाेरियल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।
बस चालक ५९ वर्षीय कान्छा देउपाललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया