माइतीघरमा राखिएको पोलमा चढेर तारा शाहीद्वारा हाम फाल्ने प्रयास

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार १६:०२


काठमाडाैं, श्रावण २६ ।
काठमाडाैंकाे माइतीघरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिलाले हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी तारा शाही नाम गरेकी ती महिलाले आज शनिबार पोलमा चढेकी हुन् ।

२ वर्षसम्म लिभ–इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि महिलाले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् ।

माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....