टिचिङ हस्पिटलको छतबाट हाम फालेर २१ वर्षीय युवाको मृत्यु
काठमाडाैं, श्रावण २६ ।
टिचिङ हस्पिटलको छतबाट हाम फालेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर-४ का २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् ।
उनी आज शनिबार दिउँसो करिब ३ बजेतिर मनमोहन कार्डियोथेरासिकको नयाँ भवनको छैठौँ तलामा रहेको एस क्याफेको छतबाट हाम फालेको प्रहरीले जनाएको छ ।
छतबाट खसेका उनलाई तत्कालै अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया